• २०८१ माघ २७  आईतवार
  • Sunday 09 Feb 2025

  पृष्ठभूमि

प्राकृतिक सून्दरताले भरिपुर्ण तथा सावीकको सूदूरपश्चिमाञ्चल प्रदेशको मूख्य द्घारको रुपमा रहेको तथ्य सर्बबितितै छ। यस क्षेत्रको जनताको जिबनस्तरमा सुधार ल्याउन खानेपानी र सरसफाई क्षेत्रको समूचित बिकास बाट यस क्षेत्रको सामाजिक एवं आर्थिक बिकास लाई टेवा पुग्ने र जनस्वास्थ्यमा अनूकल परिवर्तन आउन सक्ने तथ्यलाई ध्यानमा राखी आधारभूत स्तरको खानेपानी सूबिधा पुर्याउन बि.स. २०३४ सालमा जिल्ला खानेपानी कार्यालय मार्फत खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालय निर्माण भएको हो ।

यस डडेल्धुरा जिल्लाको राजनैतिक तथा प्रशासनिक केन्द्र, जिल्ला सदरमूकाम, नगरपालिकाको रुपमा बिकसित हुदै बढ्दो शहरिकरण र जनसंख्या बृद्घि लाई दृष्टिगत गरी मानब जिबनको अतिनै आबश्यकताको बस्तुको रुपमा रहेको पानीको विवेकपूर्ण र न्यायोचित वितरण प्रणालीलाई ध्यानमा राख्दै आ.व .२०५०/२०५१ मा एसियाली बिकास बैंकको सहयोग र खानेपानी डिभिजन कार्यालय डडेल्धुराको आयोजनामा स्कीम न. २ लागु भई आ.ब.२०५५/२०५६ मा कार्य सम्पन्न गरी ब्यबस्थापनको जिम्मेबारी सहित उपभोक्ता समिति लाई हस्तान्तरण गरिएको थियो ।

खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समिति डडेल्धुरा लाई दिगोपना र सुनिश्चित तथा स्मार्ट सि.टी को अवधारण लाई आत्म साथ गर्दै आर्थिक बर्ष २०७३/२०७४ मा मिति २०७४/०९/१६ गते खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति र खानेपानी तथा ढल बिकास विभाग तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना, काठमाण्डौ विच सम्पन्न सम्झौता अनुरुप साना शहरी आयोजनाले कार्य प्रारम्भ गरि निमार्ण कार्य सम्पन्न गरेको छ ।

जस अनुसार अमरगढी तेस्रो साना शहरी खानेपानी आयोजना नेपाल सरकारको तेस्रो चरणको साना सहरी आयोजना मध्यको एक योजना हो यस खानेपानी आयोजनाले डडेल्धुरा नगरपालिकाको पहाडी भु– भागको वाड नं. २,४,५ र ८ वडाहरु लाई समेटेको छ । यस योजना अन्र्तगत ४ वटा स्किमहरु रहेका छन ।

स्किमन. १– लामासिङ्ग

स्किम न. २– मतारे

स्किम न. ३– अनार्बे

भर्खरको सूचनाहरु

भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस